उमाकुण्डको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चण्डेश्वरी माविलाई
रामेछाप । उमाकुण्ड गाउँपालिकाको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चण्डेश्वरी मावि प्रीतिले जितेको छ ।
चण्डेश्वरीले अन्य ६ वटा माविलाई पछि पार्दै लगातार तेस्रो पटक सो उपाधि जितेको हो । चण्डेश्वरी माविले पाँच तोला बढी सुन र २५ तोला चाँदीले लेपन गरिएको गाउँपालिकाको नक्साङ्कित शिल्ड भित्र्याएको छ । लगातार तीन पटक शिल्ड जित्नेले सो सिल्ड फिर्ता गर्नु नपर्ने व्यवस्था छ ।
गत बुधवार वडा नं २ बाम्तिभण्डार स्थित सिद्देश्वर माविको खेल मैदानमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उद्घाटन गर्नुभएको खेल शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा खेल खेलाइएको थियो । प्रतियोगितामा २ सय ४६ जना विद्यार्थीले भाग लिएका थिए ।


प्रतिकृया दिनुहोस