• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसीसी यु-१९ एसिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । एसीसी पुरुष यु-१९ एसिया कप क्रिकेटमा नेपाल पराजित भएकाे छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा शुक्रबार भएकाे आफ्नाे पहिलाे खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित गरेकाे हाे ।

श्रीलंकाले दिएकाे २ सय ३४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ७८ रनमात्र बनाउन सक्यो । नेपालका लागि मयन यादवले ६१, आकाश त्रिपाठीले १९, उत्तम मगरले १७, नरेन साउदले १६, अर्जुन कुमालले १२, नरेन भट्टले १२ र सन्तोष यादवले ११ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएकाे थियाे । श्रीलंकाका लागि सारुजन सनमुगन्थनले ६२, लक्भिन अवेसिंघेले ५०, कभिजा गमेगेले ३७ तथा भिमाथ दिन्सारा र दुलनिथ सिगेराले समान २४-२४ रन बनाए । 

बलिङतर्फ नेपालका सन्तोष यादवले ४ विकेट लिए ।

युएईमा आजदेखि सुरू भएको प्रतियोगितामा ८ देश सहभागी छन् । प्रतियाेगिताकाे समूह 'ए' मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह 'बी' मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

प्रतिकृया दिनुहोस