फिफा वरीयतामा नेपालको एक स्थान सुधार
काठमाडाैं । फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लिएकाे छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १ सय ७५ औं स्थानमा पुगेकाे छ । यसअघि नेपाल १ सय ७६ औं स्थानमा थियो ।
सार्क देशमा नेपाल भन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपाल भन्दा तल भुटान १ सय ८२ औं, बंगलादेश १ सय ८५ औं, पाकिस्तान १ सय ९८ औं, श्रीलंकन २ सयौं स्थानमा छन् ।
फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्याण्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी १० औं स्थानमा छन् ।


प्रतिकृया दिनुहोस