• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

यु-१९ एसिया कप खेल्न नेपाली टोली युएई प्रस्थान

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । एसीसी यु-१९ एसिया कप, २०२४ खेल्न नेपाली टाेली संयुक्त अरब इमिरेट्स् (युएई) प्रस्थान गरेकाे छ । नेपाली यु-१९ टाेली मंगलबार दिउँसाे त्यसतर्फ प्रस्थान गरेकाे हाे ।

त्यसअघि टाेलीलाई नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमबीच बिदाइ गरेकाे थियाे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले टाेलीलाई बिदाइ गर्नुभएकाे हाे ।

एसिया कपका क्यानले यसअघि नै हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेकाे थियो । टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो,  अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार छन् । 

यु-१९ एसिया कप मंसिर १४ गतेदेखि युएईमा सुरू हुँदैछ । एसिया कपकाे समूह 'बी' मा रहेकाे नेपालकाे समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ । एसिया कपको समूह 'ए' मा भारत, पाकिस्तान, युएई र जापान छन् ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा ठाउँ बनाउनेछन् । सेमिफाइनल खेल मंसिर २१ र फाइनल खेल मंसिर२३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस