• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी जलविद्युत आयोजना

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाकाे ३७-३७ मेगावाटका ३ वटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाले बुधवार परीक्षणका रुपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमश: विद्युत् उत्पादन बढाउँदै लगिनेछ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी अबकाे १ महिनाभित्रमा आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गरिनेछ ।

टिमुरे (तातोपानी) स्थित विद्युतगृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । साे विद्युत् चिलिमे-त्रिशूली र त्यहाँबाट त्रिशूली-काठमाडौं २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

प्रतिकृया दिनुहोस