• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानमन्त्री ओलीद्वारा विश्व बडीबिल्डिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् (शारीरिक सुगठन) च्याम्पियनसिप २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले मंगलबार खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाएर सम्मान गर्नुभएकाे हाे । 

यही नाेभेम्बर ५ देखि ११ सम्म माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए ।

प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई दिँदै आगामी दिनमा अझ राम्राे गर्दै अघि बढ्न शुभकामना दिनुभयाे । यस खेलको पर्याप्त सम्भावना रहेकाे भन्दै उहाँले राज्यका तर्फबाट आवश्यक सहयाेग रहने प्रतिबद्धता जनाउनुभयाे । प्रोत्साहन हुने विश्वास दिलाएका छन्। 

कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी हुनुहुन्थ्याे ।

प्रतिकृया दिनुहोस