मैत्रीपूर्ण खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
काठमाडाैं । दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचकाे खेल ताजकिस्तानकाे डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्न लागेकाे हाे । यसअघि सन् २०१३ मा काठमाडाैंमा भएको साफ च्याम्पियनसिपमा नेपालले अफगानिस्तानसँग खेलेको थियो । तर साे खेल नेपालले १-०ले हारेकाे थियाे ।
नेपाल कात्तिक २८ गते भएकाे पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस