• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

यु-१९ महिला टी-२० विश्वकपमा छनाेट भएकाे नेपाली टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । पहिलो पटक आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटमा छनोट भएको नेपाली महिला टोली स्वदेश फर्किएकाे छ । नेपाली महिला टाेली बिहीबार साँझ स्वदेश फर्किएकाे हाे ।

टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाली महिला टाेलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल क्रिकेट संघ (क्यान) सहित समर्थकले भव्य स्वागत गरेका हुन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को अजमानमा बुधबार सम्पन्न आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट एसिया छनोटकाे अन्तिम खेलमा घरेलु टाेली युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला टी-२० विश्वकपमा छनाेट भएकाे थियाे । नेपालले ६ खेलबाट १० अंक जोडेकाे थियाे । युएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा ठाउँ बनाउन सफल भएको हो ।

यु-१९ महिला टी-२० विश्वकप क्रिकेट आगामी वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस