उद्योगीलाई विद्युत प्राधिकरणले भन्यो - १५ दिनभित्र बक्यौता तिर्नू, नतिरे फेरि लाइन काट्छौं
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई बक्यौता तिर्न १५ दिने निर्देशन दिएकाे छ ।
मन्त्रिपरिषद्को मिति २०८१-०७-२५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०८१-०७-२७ को ९८७ औं बैठकबाट बक्यौता महशुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकाृले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले बिहीबार सूचना मार्फत निर्देशन दिएकाे हाे ।
तोकिएको समयमा बक्यौता महशुल भुक्तानी नभए लाइन काट्ने चेतावनी प्राधिकरणले दिएकाे छ । 'साेही अनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको ०७२ माघदेखि ०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ, तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ' - सूचनामा लेखिएको छ ।


प्रतिकृया दिनुहोस