मैत्रीपूर्ण फुटबल : नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित
काठमाडाैं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ ।
ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा बुधबार भएकाे मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
ताजकिस्तानकाे जितमा सेरवोनी मावतसोयवले २ तथनत, अलिसेर जालिलोभ र अलिसक जालिलोकले समान १-१ गाेल गरे । खेलमा नेपालले गाेल गर्ने अवसर पाएपनि सदुपयाेग गर्न सकेन ।
नेपालले अबस साेही मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।


प्रतिकृया दिनुहोस