विश्वकपको लागि छनोट भएकोमा प्रधानमन्त्रीद्वारा यु–१९ महिला टी–२० टिमलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व कपको लागि छनोट भएकोमा नेपालको यु–१९ महिला क्रिकेट टिमलाई बधाई दिनुभएको छ ।
पहिलो पटक विश्वकपको लागि छनोट भएकोमा नेपाली महिला क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीले बधाई दिनुभएको हो । ‘नेपाल पहिलो पटक यु–१९महिला टी–२० विश्वकपमा छनोट भएको छ, महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकपमा खेल्ने छ, बधाई टिम नेपाल’, ओलीले संयुक्त अरब इमिरेट्स ९युएई० लाई बुधबारको अन्तिम खेल अन्तिम खेलमा हराएपछि ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
बुधबार भएको युएईमा भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले युएईलाई नेट रन रेटका आधारमा पछि पारेको हो ।
प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याड सहभागी थिए । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने एक टोली विश्वकपमा छनोट हुने प्रावधान रहेको छ ।
यु–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदै छ । नेपालले विश्वकपमा समूह डी मा प्रतिष्पर्धा गर्नेछ । सो समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।


प्रतिकृया दिनुहोस