• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कोरोना भाइरसबाट हङकङमा एकको निधन

सनराइज खबर

सनराइज खबर

एजेन्सी । कोरोना भाइरसका कारण हङकङमा एक जनाको निधन भएको छ । 

कोरोना भाइरसबाट संक्रमित ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हङकङको क्वाइ चुङस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा मंगलबार बिहान उनको निधन भएको हो ।

हङकङमा कोरोनाबाट निधन हुने उनी पहिलो व्यक्ति हुन् । त्यहाँ केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । चीन बाहिर कोरोनाबाट निधन हुने भने उनी दोस्रो व्यक्ति हुन् ।

यसअघि फिलिपिन्समा कोरोनाबाट एक जनाको निधन भएको थियो । उनी पनि चिनियाँ नागरिक नै थिए ।

प्रतिकृया दिनुहोस