• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि खाँडादेवी गाउँपालिका–७ को टिम बीलाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ खाँडादेवीमा सञ्चालित तेस्रो वडाध्यक्ष अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि खाँडादेवी गाउँपालिका–७ को टिम बीले जितेको छ । 

रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका गरी ११ टिमले भाग लिएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्दै खाँडादेवी–७ बीले ६० हजार रुपैँया नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा दोरम्बा शैलुङ्ग गाउँपालिका–२ ले ४० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र जितेको छ । तृतीय स्थान प्राप्त गर्ने सुनापति गाउँपालिका–२ ले २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

सो प्रतियोगितामा खाँडादेवी गाउँपालिका–६ को बद्धभवानी मावि सान्त्वना भएको छ । उसले नगद १० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आयोजक खाँडादेवी गाउँपालिका–७ को खेलकुद विकास समितिका अभि राना मगर छानिनु भएको छ । खाँडादेवी गाउँपालिका–७ नं वडा कार्यालयको प्रायोजन तथा वडा नं ७ को खेलकुद विकास समितिको आयोजनामा खेल भएको हो । 

खाँडादेवी गाउँपालिका–७ का वडाध्यक्ष कृष्णबाहादुर कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका निमित्त कार्यकारी  प्रमुख ओमप्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू तथा स्थानीयको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस