• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एमाले उमाकुण्डले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि नुम्बुर हिमालयन गुम्देललाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटीद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि नुम्बुर हिमालयन गुम्देलले जितेको छ । 

उमाकुण्ड गाउँपालिका–१ को नुम्बुर हिमालयले वडा नं २ को कुभुकास्थली टिमलाई हराउँदै उपाधि जितेको हो । खेलको पहिलो सेटमा २५–२७ ले हारेको नुम्बुरले दोस्रो सेटमा कुभुकास्थलीलाई २५–१३ ले हराएको थियो । त्यस्तै  तोस्रो खेल २५–१६ ले जितेको थियो । 

प्रतियोगितामा प्रथम हुने नुम्बुर हिमालयन ले ४५ हजार ५ सय ५५ नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने कुभुकास्थलीले २५ हजार ५ सय ५५ रुपैँया प्राप्त गरेको छ । 

त्यस्तै तेस्रो स्थानको लागि भएको कैलेश्वर मावि र खेलकुद विकास समिति गुम्देल बिचको खेलमा कैलेश्वरलाई हराउँदै खेलकुद विकास समिति गुम्देल विजयी भएको छ । 

प्रतियोगितामा तेस्रो हुने टिमले १२ हजार ५ सय ५५ रुपैँया नगद, सिल्ड र प्रमाणपत्र पाएको छ । त्यस्तै सान्त्वना हुने कैलेश्वर मावि गुप्तेश्वरले ६ हजार ५ सय ५५ नगद र प्रमाणपत्र पाएको छ । 

प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजयी खेलाडीलाई नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार लगायतले पुरस्कार वितरण गर्नुभयो । 

 

प्रतिकृया दिनुहोस