• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेता 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ ।

दशरथ रङ्गशालामा बुधबार साँझ भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

नेपालविरुद्ध बङ्गलादेशका मोनिका चक्माले खेलको ५१ औँ मिनेटमा गोल गरेको थियो । त्यसको चार मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई बराबरीमा फर्काउनुभएको थियो । 

खेलको ८१ औँ मिनेटमा रितु चक्माले  गोल गर्दै बङ्गलादेशले दोस्रो पटक अग्रता लिएको थियो । सोही गोलले बङ्गलादेशलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जिताएको हो । नेपाल भने छैटौँ पटक उपविजेतामा सीमित भएको छ ।

 

प्रतिकृया दिनुहोस