आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो
काठमाडौँ । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ ।
गए राति अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनमा बनाएको थियो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । त्यस्तै करन केसी, सोमपाल कामी, गुल्सन झाले दुई÷दुई विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लागि मार्क वाटले ३४ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान गरे । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।
.jpg)
स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले दुई विकेट लिए । ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान एक÷एक विकेट लिए ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।


प्रतिकृया दिनुहोस