• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वकप लिग-२ : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । आईसीसी विश्वकप लिग-२ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।  

विश्वकप लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजकाे दाेस्राे खेलमा नेपालले स्कटल्याण्डसँग खेल्न लागेकाे हाे । नेपाल र स्कटल्याण्डबीचकाे खेल अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा राति सवा ९ बजे सुरु हुनेछ ।

जारी सिरिजकाे पहिलाे खेलमा नेपाल घरेलु टाेली अमेरिकासँग पराजित भएकाे थियाे ।

नेपालले आज खेल्न लागेको लिग-२ को भने १०औं खेल हो। अहिलेसम्म खेलेका ९ खेलमध्ये नेपालले ८ मा हार र १ जित हात पारेकाे छ ।

 

प्रतिकृया दिनुहोस