• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चीनलाई अ‌ापत माथि विपत, वर्ड फ्लु पनि देखियाे

विदेश डेस्क

विदेश डेस्क

काेराेना भाइरसका कारण संकटमा परेकाे चीनलाई अ‌ापतमाथि विपत परेकाे छ । त्यहाँकाे हुनान प्रान्तकाे एक कुखुरा फार्ममा घातक बर्ड फ्लूको प्रकोप देखिएको छ ।

यो प्रकोप हनानको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म साे फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् ।

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा लेखिएको छ- 'शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चारहजार ५०० कुखुराहरू मरेका छन् भने सङ्क्रमणपछि १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको छ ।'

मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लुको सङ्क्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई दोहोरो समस्या परेको छ । 

चीनमा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भइसकेको छ भने यस सङ्क्रमणले चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ ।
चीनले कोरोना भाइरसको सङ्क्रमण बढी देखिएको हुबेई प्रान्तका केही शहरहरूलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासहरूलाई जारी राखेको छ ।

यसका कारण त्यहाँका करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ ।  
 
कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेका समय विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्य अन्तर्राष्ट्रिय संघसंगठनले विश्वव्यापी रोकथामका लागि काम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण चीनसहित सात एशियाली राष्ट्रका साथै अष्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका लगायत करिब दुई दर्जन मुलुकमा देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी स्वास्थ्य समस्या भएको विश्व स्वास्थ्य संगठनले बताएपछि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालिसकेका छन् । 

प्रतिकृया दिनुहोस