साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा,उपाधिका लागि बंगलादेशसँग खेल्ने
काठमाडाैं । घरेलु टाेली नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दाेस्राे सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।
निर्धारित समयकाे खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे । पेनाल्टी सुटआउटमा नेपालले ४ गोल गर्दा भारतले २ गोल मात्रै गरेको हो ।
नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेकाे थियाे ।
विवादका कारण आज १७८ मिनेटसम्म खेल लम्बिएको थियो । भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रीति राईले गरेको गोललाई रेफ्रिले मान्यता नदिएपछि खेलमा तनाव सुरु भएकाे थियाे । आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।
त्यसअघि दोस्रो हाफको सुरुमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन् । रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेकाे भन्दै खेल करिब १५ मिनेट खेल रोकिएको थियो ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस