• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

‘नमुनादीप कप’ भलिबल प्रतियोगिता आजबाट सुरु 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको दशौँ संस्करण आजबाट सुरु हुँदै  छ । 

नमुनादीप युवा क्लबको आयोजनामा हुन लागेको पालिकास्तरीय प्रतियोगिता कात्तिक ११, १२ र १३ गते हुने क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो । 

अरुणोदय माविको खेल मैदानमा हुने प्रतियोगितामा रामेछाप, दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका १२ टिमले भाग लिँदै छन् । प्रतियोगितामा लिखु तामाकोशी गाउँपालिका, लिखु गाउँपालिका ए, लिखु गाउँपालिका बी, लिखु गाउँपालिका सी, लिखु पिके गाउँपालिका, अरुणोदय मावि, मन्थली नगरपालिका, चम्पादेवी गाउँपालिका, तामाकोशी गाउँपालिका, साँघुटार युवा क्लब, मेलुङ गाउँपालिका र गोकुलगंगा गाउँपालिकाले भाग लिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय रुपैँया पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैँया प्राप्त गर्ने सचिव प्रज्वल पौडेलले जानकारी दिनुभयो । लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, कलाकार तथा खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । 

भलिबल खेलको साथमा डोरी तान (टग अफ वार) प्रतियोगिताको पनि आयोजना गरेको छ  । सो प्रतियोगिताको विजेता टोलीले २० हजार नगद र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । 

प्रतिकृया दिनुहोस