• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भुजी लिग फुटबल प्रतियोगिताको उपाधि लिखु भुजी रामेछापलाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा भएको भुजी लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि लिखु भुजी रामेछाप (लिभुरा) ले जितेको छ । 

लिखु भुजी यूथ क्लब (एलबीवाईसी) लाई १–० गोल अन्तरले हराउँदै लिभुराले उपाधि जितको हो । जितसँग लिभुराले नगद १ लाख २६ हजार तथा स्वर्ण पदक र रनिङ शिल्ड  प्राप्त गरेको छ । लिभुराको जितको लागि सुजन सुनुवारले गरेको गोल निर्णायक बन्यो । 

खेलको उपविजेता एलबीवाईसीले नगद ६३ हजार २६ रुपैँया तथा रजत पदक प्राप्त गरेको छ । प्रतियोगितामा एनवाईसी रामेछापलाई हराउँदै पवित्र युवा क्लब तृतीय भएको छ । उसले कांस्य पदक सहित नगद ३० हजार २६ रुपैँया प्राप्त गरेको छ । 

चार समूह विभाजित भुजी लिग फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।

फाइनल खेलमा लिभुराका सुजन सुनुवार म्यान अफ दी म्याच घोषित भएका छन् । सञ्जोग खेल अवधिमा ५ गोल गर्दै उच्च गोलकर्ता बनेका छन् । खेलमा उत्कृष्ट रक्षक चहायङ लिम्बु, उत्कृष्ट गोलरक्षक मिलन श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सुजन सुनुवार घोषित भएका छन् । 

त्यसै गरी महिला फुटबल प्रतियोगितामा आयोजक फुटबल क्लब भुजीले पीवाईसी खिजीदेम्बालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । उर्मिला सुनुवारले गरेको एक गोल नै खेलमा निर्णायक बन्यो । 

जितसँगै महिला तर्फ फुटबल क्लब भुजीले नगद १५ हजार पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पीवाईसी खिजीदेम्बाले नगद १० हजार सहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा पाँच महिला टोलीको सहभागिता रहेको थियो ।

उमाकुण्ड गाउँपालिकाको प्रायोजन, वडा स्तरीय खेलकुद विकास समिति भुजी र लिखु भूजी रामेछाप युवा क्लबको सहआयोजना तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिसँगको समन्वयमा फुटबल क्लब भूजीले प्रतियोगिता आयोजना गरेको हो । 

 

प्रतिकृया दिनुहोस