• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचकाे खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ ।

आजकाे खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा खेल्ने सम्भावना छ । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन् ।

समूह 'बी' मा रहेकाे नेपालले आफ्नाे पहिलाे खेलमा भुटानसँग गाेलरहित बराबरी खेलेकाे थियाे । साेही समूहकाे माल्दिभ्स श्रीलंकासँग १-० ले पराजित भएको छ । समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकबिहीन छ ।

नेपाललाई सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

नेपाल र माल्दिभ्सबीचकाे खेलअघि समूह 'बी' मा रहेका भुटान र श्रीलंका भिड्दै छन् । यी दुई टाेलीबीचकाे खेल दिउँसो साढे १ बजे दशरथ रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस