साफ महिला च्याम्पियनसिपका लागि माल्दिभ्सकाे टाेली काठमाडौं आइपुग्यो
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल-२०२४ खेल्न माल्दिभ्सको टाेली काठमाडौं आइपुगेको छ ।
टाेली साेमबार काठमाडाैं आइपुगेकाे हाे । माल्दिभ्सको टाेलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयाे ।
च्याम्पियनसिप खेल्न पाकिस्तानपछि माल्दिभ्स नेपाल आइपुग्ने दोस्रो टाेली हो । पाकिस्तान आइतबार नेपाल आइपुगेको थियाे ।
साफ महिला च्याम्पियनसिप काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १ देखि १४ गतेसम्म हुनेछ ।


प्रतिकृया दिनुहोस