• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तनहुँमा ससुराली गएका ज्वाइँकाे नदीले बगाएर ज्यान गयो

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

तनहुँ ।  तनहुँको व्यास नगरपालिका-६ श्याम्घामा मादी नदीमा नुहाउने क्रममा आज एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेका प्रहरीले जनाएकाे छ । नदीले बगाएको ठाउँबाट एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।

दशैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । 

- रासस

प्रतिकृया दिनुहोस