हिन्दु संगठनका नेता रणजीतकाे गाेली हानी हत्या
एजेन्सी । अखिल भारतीय हिन्दु महासभाका अन्तर्राष्ट्रिय अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको छ ।
उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान बच्चनको गोली हानी हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मर्निङ वाकमा हिडिरहेका बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले बच्चनलाई गोली हानेका बताइएको छ ।
गोली हानेलगत्तै अस्पताल पुर्याइएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । गोली लागेर घाइचे भएका बच्चनका भाइलाई अस्पतालमा भर्ना गरिएको छ ।
हत्याराको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस