• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

हिन्द‍ु संगठनका नेता रणजीतकाे गाेली हानी हत्या

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

एजेन्सी । अखिल भारतीय हिन्‍द‍ु महासभाका अन्तर्राष्ट्रिय अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको छ । 

उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान बच्चनको गोली हानी हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मर्निङ वाकमा हिडिरहेका बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले बच्चनलाई गोली हानेका बताइएको छ ।

गोली हानेलगत्तै अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । गोली लागेर घाइचे भएका बच्चनका भाइलाई अस्पतालमा भर्ना गरिएको छ ।

हत्याराको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस