• २ असोज २०८३, शुक्रबार
  • Friday,18 September,2026

काभा यु-२० च्याम्पियनसिप : तुर्कमेनिस्तानलाई हराउँदै नेपाल फाइनलमा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० पुरुष च्याम्पियनसिपमा नेपालले तुर्कमेनिस्तानलाई हराएको छ ।

श्रीलंकाको कोलम्बोमा बिहीबार भएको खेलमा लिग चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले पहिलो सेट २५-१४, दोस्रो सेट २५-२१ र अन्तिम सेट २५-२० सेटले जित्याे ।

आजकाे जितसँगै ५ खेलबाट १० अंक जाेडेकाे नेपाल प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । तुर्कमेनिस्तानको पनि समान ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको हाे ।

नेपालले यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ काे सेटमा हारेको थियो ।

प्रतिकृया दिनुहोस