• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

मन्थलीको चिसापानीमा वडा स्तरीय भलिबल प्रतियोगिता, चिसापानीगढी प्रथम

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीमा सञ्चालित अन्तर संस्था तेस्रो वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

चिसापानीगढी संरक्षण तथा विकास समाजको आयोजनामा भएको प्रतियोगितामा वडाका ११ वटा टिमले भाग लिएका थिए ।  

प्रतियोगितामा आयोजक चिसापानीगढी संरक्षण तथा विकास समाज प्रथम भएको छ । त्यस्तै स्टार युनिभर्सल टिम द्वितीय भएको छ भने रिभर साइड स्पोर्टस् क्लब (गाईखुरा) तृतीय र सल्लेपानी सामाजिक संस्था चौथो भएका छन् । 

मन्थली नगरपालिका ८ नं वडा कार्यालयको सहयोगमा भएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैँया नगद प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने टिमले २५ हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेले नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् । 

विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, विशिष्ट अतिथि मन्थली नगरपालिका–८ वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ लगायतले नगद पुरस्कारका साथै, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

गाउँका युवाहरूको पुनर्मिलन तथा गाउँको वस्तुगत अवस्था युवाहरूले बुझुन् भन्ने उद्देश्यले खेल आयोजना गरिएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । साथै मन्थली नगर कप भलिबल प्रतियोगिताका खेलाडी छनोटका लागि पनि खेलले सहयोग गर्ने उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस