काेराेना भाइरसका कारण फिलिपिन्समा एक जनाकाे निधन
एजेन्सी । कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको निधन भएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित ४४ वर्षीय एक पुरुषको उपचारका क्रममा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ती व्यक्ति चिनियाँ नागरिक रहेको बताइएको छ ।
चीनबाहिर कोरोना भाइरसबाट निधन हुने उनी पहिलो व्यक्ति हुन् ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनलाई गत २५ जनवरीमा सान लजारो अस्पताल भर्ना गरिएको थियो ।
यो सँगै चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म तीन सय ५ जना मानिसको निधन भइसकेको छ । तीन सय ४ जनाको चीनमा र एक जनाको फिलिपिन्समा निधन भएको हाे । १४ हजार ३ सय जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस