काभा यु-२० च्याम्पियनसिप : नेपाल कीर्गिस्तानसँग पराजित
काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० पुरुष च्याम्पियनसिपमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोमा बिहीबार भएको खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३-२५ र २१-२५ ले गुमाएकाे नेपालले त्यसपछिका दुई सेट २५-२१ र २५-२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा नेपाल कीर्गिस्तानसँग १७-१९ ले पछि पर्यो र हार्न ब्यहाेर्न वाध्य भयाे ।
पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो । नेपालले तेस्राे खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएकाे थियाे । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्तासँग खेल्नेछ ।
नेपालले ४ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाट कीर्गिस्तानले ४ अंक जाेडेकाे छ । यसअघि उज्बेकिस्तान र तुर्केमेनिस्तासँग समान ३-० को पराजय व्यहोरेको कीर्गिस्तानले श्रीलंकालाई ३-२ ले हराएकाे थियाे ।


प्रतिकृया दिनुहोस