• २ असोज २०८३, शुक्रबार
  • Friday,18 September,2026

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले अक्टोबर-१ मा सार्वजनिक गरेको टी-२० अलराउण्डरको विश्व वरीयतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् ।इंग्ल्याण्डका लायम लिभिङस्टोन दीपेन्द्र भन्दा अगाडि छन् ।

दीपेन्द्रले अष्ट्रेलियाका मार्कस स्टोनिस, जिम्बावेका सिकन्दर राजा, श्रीलंकाका वानिन्दु हसरंगा,अफगानिस्तानका मोहम्मद लाबी र भारतका हार्दिक पाण्ड्यालाई पछि पारेका छन् ।

प्रतिकृया दिनुहोस