दीपेन्द्रसिंह ऐरी टी-२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा
काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।
आईसीसीले अक्टोबर-१ मा सार्वजनिक गरेको टी-२० अलराउण्डरको विश्व वरीयतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् ।इंग्ल्याण्डका लायम लिभिङस्टोन दीपेन्द्र भन्दा अगाडि छन् ।
दीपेन्द्रले अष्ट्रेलियाका मार्कस स्टोनिस, जिम्बावेका सिकन्दर राजा, श्रीलंकाका वानिन्दु हसरंगा,अफगानिस्तानका मोहम्मद लाबी र भारतका हार्दिक पाण्ड्यालाई पछि पारेका छन् ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस