धरौटीमा छुटे मनाङे, उजुरी दिने मिलनलाई सात दिन म्याद थप
काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ अर्थात् दीपक मनाङे ६ हजार धरौटीमा आइतबार रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार धरौटी लिइ १३ गते तारेखमा उपस्थित हुनेगरी मनाङेलाई छाड्न आदेश दिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमा हातपात गरेको आरोपमा मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
मनाङे विरुद्ध मिलनले हदैसम्मको सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । उनकाे उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान सुरु गरेकाे थियो ।
यस्तैगरी मनाङेविरुद्ध उजुरी दिने मिलनलाई थप सात दिन हिरासतमा राख्न उच्च अदालत कास्कीले अनुमति दिइएकाे छ । उनी विरुद्ध बैकिङ कसुरमा उजुरी परेपछि अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको हो ।
न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलाशले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको हो । मनाङेविरुद्ध उजुरी दिएसँगै उनीमाथि पनि उजुरी परेको थियो ।


प्रतिकृया दिनुहोस