• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जनकपुर-जयनगर रेल सेवा आजदेखि जेठ ७ गतेसम्म बन्द

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । जनकपुर-जयनगर रेल्वे सेवा आज शनिबारदेखि ३ दिनसम्म बन्द भएको छ । 

आजदेखि जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा जेठ ७ गते  लोकसभाको चुनाव हुँदैछ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि भारतकाे मधुबनीकाे भंझारपुर संसदीय क्षेत्रमा चुनाव हुँदा वैशाख २३ गतेदेखि २५ गतेसम्म रेल सेवा पूर्ण रुपमा बन्द भएकाे थियाे ।

प्रतिकृया दिनुहोस