• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडौंका यी ठाउँमा दैनिक ६ घण्टा बत्ती नआउने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । काठमाडौंका विभिन्न ठाउँमा आजदेखि जेठ ४ गतेसम्म दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

आज शनिबारदेखि सोमबारसम्म काठमाडौंको हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ । विद्युतीय वितरण लाइन भूमिगत कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको सूचनामा उल्लेख छ ।

जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडर अन्तर्गतकाे विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएकाे छ । ती ठाउँमा बिहान ८ बजेदेखि दिउँसाे २ बजेसम्म विदयुत् सेवा अवरुद्ध हुनेछ ।

प्रतिकृया दिनुहोस