नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्छाैं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गरिने बताउनुभएकाे छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोषका लागि आवश्यक कानुन तर्जुमा गर्न सरकारले गृहकार्य अगाडि बढाइसकेकाे बताउनुभयाे ।
'सञ्चार तथा सूचना प्रविधिकाे विकास, विस्तार प्रयाेगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ हाम्राे विश्वास छ र यही यथार्थलाई आत्मसाथ गर्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने र साे का निम्ति आवश्यक कानुन तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेकाे छ'- उहाँले भन्नुभयाे ।
याे काेष र यसबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्काे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । नवप्रवर्तनका लागि पुँजीगत बजेटकाे १ प्रतिशत बजेट छुट्याउन लागिएकाे भन्दै यसले राम्राे प्रगतिकाे आधार तयार हुने उहाँले बताउनुभयाे । यसबाट आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बाैंकाे आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्राेत्साहित गरिने बताउनुभयाे । युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधारका लागि ठाेस पहल लिन सकिने बताउनुभयाे ।
सञ्चार तथा सूचना प्रविधिकाे विकास, विस्तार प्रयाेगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारकाे दृढ विश्वास रहेकाे भन्दै उहाँले साेही अनुरुप नै डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई पुनरावलाेकनसहित कार्यान्वयनमा लगाउने रणनीति सरकारले लिएकाे बताउनुभयाे ।
राष्ट्रिय साइबर सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयनकाे अवस्थामा रहेकाे उहाँले बताउनुभयाे । राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।


प्रतिकृया दिनुहोस