• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राजपरिवारको जिम्मेवारी त्याग्ने ह्‍यारी र मेगनको घोषणा

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी ।  बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्‍यारीले राजपरिवारको जिम्मेवारी त्याग्‍ने घाेषणा गरेका छन् । काम गरेर आत्मनिर्भर बन्‍ने भन्दै ह्‍यारी उनकी पत्‍नी मेगन मर्केलले राजपरिवारको जिम्मेवारी त्याग्‍ने निर्णय गरेकाे बताइएकाे छ ।

ह्‍यारीको भनाइ छ– ‘हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहन्छौं, आर्थिक रूपमा स्वतन्त्र हुन र काम गर्न चाहन्छौं ।’ 

बुधवार जारी गरेकाे विज्ञप्तिमा ह्‍यारी धेरै सोचविचार र छलफल गरेर साे निर्णय गरेको उल्लेख गरेका छन्।

साे जिम्मेवारी त्यागेपछि जीवनको नयाँ अध्याय सुरु गर्न समय मिल्ने आशा साे जाेडीले गरेकाे छ । अब उनीहरुले बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने उनीहरुको भनाइ छ ।उनीहरुका सात महिने छोरा आर्ची छन् । 

बीबीसी जनाएअनुसार ह्‍यारी र मेगनले साे निर्णय लिनुअघि शाही परिवारका कुनै सदस्यसँग सल्लाह लिएका थिएनन् । उनीहरुको यो निर्णयले शाही परिवार निराश भएको बताइएको छ । यो घटनाले राजपरिवारका वरिष्ठ सदस्यहरूलाई दु:खी बनाएको छ । 

 

प्रतिकृया दिनुहोस