• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इरानले प्रहार गर्‍याे अमेरिकी सेनाको क्याम्पमा दर्जनौं मिसाइल

सनराइज खबर

सनराइज खबर

एजेन्सी । इराकमा रहेका दुई वटा अमेरिकी सुरक्षा अड्डामा इरानले मिसाइल प्रहार गरेको छ ।  इरानले अमेरिकी सुरक्षा अड्डामा दर्जनौं मिसाइल प्रहार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तर, मिसाइल प्रहारबाट के कति क्षति भयो भन्नेबारेमा भने खुलाइएको छैन । इराकको इर्बील र अल–असद शहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुख कासिम सुलेमानी मारिएका थिए । त्यसपछि अमेरिका–इरानबीच तनाव देखिएको छ । गत शुक्रबार इराकमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी सुलेमानीको निधन भएको थियो ।

सोही आक्रमणको बदलामा इरानले इराकमा रहेका अमेरिकी सुरक्षा अड्डामा मिसाइल प्रहार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस