सुलेमानीको शवयात्रामा भागदौड, ३५ को निधन (अपडेट)
एजेन्सी । इरानका सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड मच्चिदा ३५ जनाको निधन भएको छ ।
गत शुक्रबार इराकमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी सुलेमानीको निधन भएको थियो ।
उनको मंगलबार अन्त्येष्टि हुँदै छ । सुलेमानीको गृहनगर केरमनमा भएको शवयात्रामा भागदौड मच्चिएको हो । त्यसक्रममा ३५ जनाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनको पार्थिव शरीरलाई इराकबाट अहवाज, तेहरान हुदै केरमन लगिएको हो ।


प्रतिकृया दिनुहोस