• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

एनसेल खरिद-बिक्री काण्ड : छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री काण्डबारे अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएकाे छ ।

साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबार पुगेर समितिले प्रधानमन्त्री समक्ष प्रतिवेदन पेस गरेकाे हाे । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टंकमणि शर्मा दंगालले साे प्रतिवदेन प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभयाे ।

सरकारले एनसेलको शेयर-खरिद बिक्रीबारे छानबिन गर्न पूर्व महालेखापरीक्षक शर्माको संयोजकत्वमा मंसिर २१ गते साे समिति गठन गरेको थियो । समितिलाई १ महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएकाे थियाे । तर साे समयमा छानबिन नसकिएकाे भन्दै समितिकाे म्याद थपिएकाे थियाे ।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्छ ।

मलेसियन कम्पनी आजियटा ग्रुप बर्हाडले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व शतिशलाल आचार्यकाे कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद-बिक्री भएको भन्दै यसकाे चाैतर्फी विराेध भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस