• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन आह्वान भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचनामार्फत आवेदन माग गरेको हो । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  

अध्यक्ष पुरुषोत्तम खनालले पुस २४ गते राजीनामा दिएसँगै साे पद खाली छ । ९ साउन २०७६ मा प्राधिकरणको अध्यक्ष हुनुभएको खनालकाे कार्यकाल आगामी साउनसम्म थियाे । तर उहाँले केही महिनाअघि नै राजीनामा दिनुभएकाे हाे ।

प्रतिकृया दिनुहोस