नेपालमा पहिलो पटक कोभिड-१९ को जेएन.१ भेरियन्ट संक्रमण पुष्टि
काठमाडाैं । नेपालमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानकाे संक्रमण पुष्टि भएकाे छ ।
७ जनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.वान पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
देशका विभिन्न ठाउँबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा साे भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निकाल्नुभएकाे विज्ञप्तिमा उल्ले छ ।
संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यका मापदण्ड (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न-गराउन मन्त्रालयले सबैमा अपिल गरेको छ ।
अहिले चीन, भारत लगायत विश्वका केही देशमा जेएन.वानको जोखिम बढिरहेको भन्दै मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशसँग समन्वय गरिरहेको जनाएको छ ।
.jpg)


प्रतिकृया दिनुहोस