• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘निर्वाचित सांसद पहिलो श्रेणी, समानुपातिक दोस्रो श्रेणी र राष्ट्रिय सभाका तेस्रो श्रेणी’

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुलाई विभेद गरिएको गुनासो नेकपाका सांसद खिमकुमार विकले गरेका छन् । शून्य समयमा बोल्दै उनले भने– ‘संविधानको धारा ८३ ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको व्यवस्था गरेको छ । त्यही व्यवस्था अनुरुप हाम्रो सदन चलिरहेको छ । यसमा विभेद भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको निर्देशिकामा राष्ट्रिय सभालाई विभेद गरिएको छ । त्यसलाई सच्याउनुपर्छ ।’

उनको भनाई थियो– ‘प्रत्यक्ष निर्वाचित सांसद पहिलो श्रेणीका, समानुपातिक सांसद दोस्रो श्रेणीका र हामी राष्ट्रिय सभाका सांसद चाहिँ तेस्रो श्रेणीका हुने व्यवस्था हटाइयोस् ।’ यसो गरिनु शोभनीय हुँदैन भन्ने विचार उनको थियो । 

वैठकमा नेकपाकै कमला ओलीले भनिन्– ‘कैलालीको भजनी वडा नम्बर ३ को कुसुमघाटमा मिनी भन्सार छ तर कर्मचारी बस्दैनन् । त्यहाँ प्रहरीले नेपाल भारत निकासी निकासी पैठारी गर्ने मानिसहरुलाई दुःख दिइरहेका छन् । त्यहाँ तुरुन्त कर्मचारी खटाइयोस् भनेर सरकारको ध्यानाकर्षण गराउँछु ।’

उदया शर्मा पौडेलले त्रिभुवन विश्वविद्यालयको एकसय आठ रोपनी जग्गामा बनेको नौ वटा भवन लेवोरेटोरी स्कूलल ६ दशकदेखि निशुल्क उपयोग गरेकोमा आपत्ति जनाइन् । उनले यस सम्वन्धमा सत्यतथ्य के हो सम्वन्धित निकायले जानकारी दिनुपर्ने माग राखिन् । 


 

प्रतिकृया दिनुहोस