काठमाडौं महानगरले सूचना प्रविधि सम्मेलन आयाेजना गर्ने
काठमाडाैं । काठमाडौं महानगरपालिकाले सूचना प्रविधि सम्मेलन गर्ने भएकाे छ ।
आगामी चैतमा सूचना प्रविधि सम्मेलन आयोजना गर्न लागिएकाे महानगरले जनाएकाे छ । महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको हाे ।
सम्मेलनका लागि महानगरको सूचना प्रविधि समितिले तयारी थालेकाे छ । यस विषयमा समितिले साेमबार छलफल गरेकाे थियाे ।


प्रतिकृया दिनुहोस