• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

मानव कङ्काल भेटियाे गैरीभञ्ज्याङको जङ्गलमा

रासस

रासस

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको छ भन्ने खबर प्रहरीले पाएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेकाे थियाे । साे टाेलीले आवश्यक मुचुल्का उठाएर शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

उक्त शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

 

प्रतिकृया दिनुहोस