प्रचण्डले प्रहार गरे ‘प्रतिक्रियावादी’लाई
काठमाडौं । प्रतिक्रियावादीहरुले नेकपाको एकता भत्कियोस्, एकीकृत नबनुन्, कम्युनिष्टको नेतृत्वमा नेपालमा विकास र समृद्धि नहोस् भन्ने चाहेको बताएका छन् ।
जनआन्दोलन र जनयुद्धका सहीदहरुप्रति श्रद्धान्जली कार्यक्रममा प्रचण्डले सो विचार राखेका हुन् । उनले भने– ‘प्रतिक्रियावादीहरु जे कुरालाई राम्रो भन्छन् त्यो हाम्रा लागि नराम्रो हो, जेलाई नराम्रो भन्छन् त्यो चाहिँ राम्रो हो । माओले भन्नुभएको यो कुरा मननीय छ ।’
प्रतिक्रियावादीहरुले नेकपाको एकता अगाडि नचाहेको विचार राख्दै उनले भने– ‘नेपालमा ठूलाठूला राजनीतिक प्रयोग भएको छ । तर, सबै प्रयोगहरु एक ठाउँ एकीकृत भएर सहमतिसाथ अगाडि नबढेसम्म सफल भएको छैन । शान्ति सम्झौतादेखि अहिलेसम्मको अवस्थाले के देखाउँछ भने सहमतिमा मात्र अगाडि बढ्न सकिन्छ ’
उनले कांग्रेस र अन्य दलहरुसँग सहमति र सहकार्यको आवश्यकता रहेको बताए ।
अबको कार्यभारत विकास र समृद्धि हो भन्दै उनले कम्युनिष्ट पार्टीलाई जनताले मौका दिएको र यो मौका उपयोग गर्न सबै नेता कार्यकर्ता लागिपर्नुपर्ने बताए ।
नेकपाले मनाएको सहीद दिवस वास्तवमा जनयुद्ध दिवसको अर्काे रुप हो । ‘जनयुद्ध दिवस’ मनाउने सहमति नेकपाका नेताहरु बीच नभएपछि सहीद दिवस मनाइएको हो ।
पार्टी केन्द्रिय कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले माओको एउटा भनाई उदृत गरे भने प्रतिक्रियावादी विरुद्ध आफ्नो प्रहार केन्द्रित गरे । उनले नेकपा अहिले हिँडिरहेको बाटोको कुनै विकल्प नरहेको दावी गरे । उनले कम्युनिष्टहरुको नेतृत्वमा विकास र समृद्धि नेपालमा होस् भन्ने प्रतिक्रियावादीहरुले नचाहेको हुनाले त्यसप्रति सचेत हुन आव्हान गरे ।


प्रतिकृया दिनुहोस