• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

गाउँपालिकाका अध्यक्ष धीरबहादुर अपहरणमुक्त

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको काँठीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीलाई मुक्त गरिएको छ ।

शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाको जंगलमा फेला पारिएको कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जोशीले सनराइज खबरलाई जानकारी दिए । 

शाहीलाई उद्धार गर्ने क्रममा अपहरणकारीले प्रहरीलाई ढुंगामुढा गरेर भागेको डिआईजी जोशीले बताए ।

आइतबार विहान करिब २ बजे शाही र उनकी पत्नी ईलालाई घरमा सुतिरहेकै बेला अपहरण गरिएको थियो तर इलालाई भने आइतबार दिउँसो कालिकोटको सिमाना सुकाने जंगलमा  लगेर छोडिएको थियो ।

अपहरणको जिम्मा विप्लव समूहले लिएको थियो । शाहीले पार्टी विरुद्ध सुराकी गरेको तथा गाँउपालिकामा आर्थिक अनियमितता गरेको विप्लव समूहले आरोप लगाएकाे छ  । 

 

 

प्रतिकृया दिनुहोस