महानगरीय प्रहरी प्रमुखमा विश्वराजकाे 'इन्ट्री'
काठमाडौं । महानगरीय प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको सरुवा भएको छ ।
गृह मन्त्रालयले बुधवार पोखरेललाई महानगरीय प्रहरी कार्यालयमा काज सरुवा गरेको हो ।
यस्तै महानगरीय प्रहरी कार्यालयमा कार्यरत डीआईजी शैलेस थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
पोखरेल यसअघि प्रहरी प्रधान कार्यालयमा प्रवक्ताको रुपमा कार्यरत थिए । थापालाई प्रहरी प्रवक्ताकै जिम्मेवारीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस