• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

चिनियाँ दूतावासकाे उपहार : प्रहरीलाई २३ वटा मोटरसाइकल

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले महानगरीय प्रहरी कार्यालयलाई सहयोग स्वरुप २३ वटा मोटरसाइकल दिएको छ । 

५६ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरका ती मोटरसाइकल मंगलबार दूतावासका प्रथम सेक्रेटरी वाङ जियाओ लोङ्गले महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेस थापा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । 

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरीय प्रहरी कार्यायलयका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले दूतावासबाट प्राप्त मोटरसाइकलको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने बताए । 

चीनले दिएको मोटरसाइकल आवश्यकता अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी कार्यालयहरुमा वितरण गरिने बताइएको छ । कार्यक्रममा दूतावासका प्रथम सेक्रेटरी वाङ जियाओले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले नेपाल र चीन बीचकाे मैत्री सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । 

 

प्रतिकृया दिनुहोस