• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीकाे चेतावनी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । निर्माण व्यवसायीले शुक्रबार पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री निवास अगाडि भेला भएर उनीहरुले निर्माण सामग्रीसहित प्रदर्शन गरेका छन् । आफूहरुका माग तत्काल सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी उनीहरुले दिएका छन् ।

बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी समेत उनीहरुले दिएका छन् ।  निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको अवस्था रहेकाे उनीहरुकाे आराेप छ । उनीहरुले विभिन्न माग राख्दै केही दिनदेखि निरन्तर आन्दाेलन गर्दै आएका छन् ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, सार्वजनिक खरिद ए‍ेन संशाेधन गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने लगायत माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दाेलनमा उत्रिएकाे हाे ।

प्रतिकृया दिनुहोस